Members Zone

Event: अगस्ट १५ मा तमुधींकाे २१ औं रोधीं साँझ

टाेकियाे-जापानमा सबभन्दा पुरानो र आफ्नो परिचय बनाई सकेको संस्था तमु धीं जापानले अगस्ट १५ गते रोधीं साँझ मनाउने भएको छ । रोधीं साँझ तमु धीं जापानको वार्षिक कार्यक्रम हो । आफ्नो स्थापना कालदेखि नियमित रुपमा मनाईदै आइरहेको यस कार्यक्रम सफल गराइदिनुहुन धींका अध्यक्ष श्री तमुले सम्पुर्ण जापानवासी नेपालीहरुमा हार्दिक अपिल गरेका छन् । आईतवार टोकियोस्थित नेपाल जापन सांस्कृतिक प्रतिस्ठानमा वसेको कार्यसमिति वैठकले सो निर्णय गरेको हो । नेपालका चर्चित गायकगायिकाले यस पटकको रोधीं साँझ तताउने भएको छ । कार्यक्रम सफल गराउनको लागि वरिष्ठ उपाध्यक्ष अनिता गुरुङको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ । जसमा सह-संयोजक सुदिन गुरुङको साथै सदस्यहरु क्रमश: आशिष, टुम (काले भाइ), विष्णुमाया र नविन गुरुङ रहेका छन् । त्यसैगरी कार्यक्रमको प्रचारप्रसारको जिम्मा महासचिव अमर गुरुङ र सचिव चित्र गुरुङलाई दिएको छ ।
वढ्दो आधुनीकिकरण र विभिन्न परिस्थतिले गर्दा आफ्नो रीतिरिवाज र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षण र संवर्धनका लागि विदेशी भूमीमा भएपनि कार्यक्रम गर्न अत्यावश्यक रहेको वताउनुहुन्छ तमु धींका सांस्कृतिक संयोजक आरमान गुरुङ ।

तोचिगीमा तमुधीं क्षेत्रीय समिति पुनर्गठन:-
त्यसैगरी सोही दीन तमु धीं क्षेत्रिय समिति तोचिगीको पुनर्गठन तथा चेलीवेटी खुवाई कार्यक्रम पनि सम्पन्न भएको छ । विदेशी भूमीको व्यस्तताका कारणले संस्थाका विभिन्न सदस्यहरुले समय अभावका कारण संस्था चुस्त र दुरुस्त हुन नसकेकाले पुनर्गठन गर्नुपरेको क्षेत्रीय अध्यक्ष लाल प्रसाद तमुको भनाई रहेको छ । क्षेत्रीय अध्यक्ष लालप्रसाद तमुको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि तमु धीं जापनका अध्यक्ष श्री तमु र वरिष्ठ उपाध्यक्ष अनिता तमु,उपाध्यक्ष हिमाली तमु, महासचिव अमर तमु, सचिव चित्र तमु, सदस्य सोम माया तमु, मेनुका तमु लगायत धींका पुर्व अध्यक्ष, संरक्षक तथा जेएमई रेमिटेन्सका चेयरमेन ओम तमुको विशेष उपस्थिति रहेको थियो । मिठो स्वरका धनी अमर तमुको गीतमा सम्पुर्ण चेलीवेटीहरुलाई नचाएका थिए नृत्य निर्देशक अरमान र विना तमुको नृत्यले माहोल तताएका थिए । कर्मभूमिकाे व्यस्तताका वावजुत पनि “रिमैं मयुँमै” दाजुभाई र चेलीवेटी बिचको प्रगड सम्वन्धको लागि कर्यक्रम गरिएको वताउनुहुन्छ तोचिगी क्षेत्रीय समितिका अध्यक्ष लालप्रशाद तमु ।

तमु धी तोचिगीका पुनर्गठित कार्यसमिति :
अध्यक्ष – लालप्रसाद तमु
उपाध्यक्ष – मनोज तमु
सचिव – ओम तमु
कोषाध्यक्ष – रोजी तमुस्यो
सदस्यहरु –
आनन्द तमु
चन्द्रशेखर तमु
रुपक तमु
आशा तमुस्यो
डम्मर तमु
अमन तमु