Members Zone

Event: प्रथम “तमु धीं जापान कप” यहि २६ जुन २०१६

“प्रथम तमु धीं जापान कप” टिम दर्ताको लागी खुल्ला

तमु धीं जापानले प्रथम “तमु धीं जापान कप “यहि जुन २६ तारीक आईतबारको दिन ठिक १०बजे बाट शुरु हुने गरि सेतागाया-कु, हाचीमानयामा २-१८, फुटबल कोर्ट हाचीमानयामामा सौग़ात तमुको संयोजक्तोमा आयोजना गर्न गै रहेको कुरा सहर्ष जानकारी गराउदै इच्छुक सम्पूर्ण खेलाडी टिमलाई फस्ट कम फस्ट सर्भ हुने हुदा छिटो भन्दा छिटो आयोजक टिमलाई सम्पर्क गरि आफ्नो स्थान सुर्कक्षित गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

दर्ता गर्ने अन्तिम मिति में ३१ तारिक र टाई सिटको प्रकाशन जुनको १२ तारीक गरिनेछ। खेल राष्ट्र स्वास्थ्य र मेलमिलापको लागि खेलकुद भन्ने मूल नाराका साथ यस प्रतियोगीतामा १६टिमको सहभागिता रहन्छ। टिम दर्ताको निमित्त ८खेलाडी १मेनेजर र १प्रशिक्षक गरि टिममा जम्मा १०जना रहनेछ। टिम दर्ता शुल्क ३मान ऐन निर्धारण गरिएको छ।

यस प्रतियोगिताको प्रथम पुरस्कारको धनराशि २११,१११ऐन दोस्रो १११,१११ऐन ट्रफि,मेडल साथै प्रमाण पत्र साथै MVP खेलाडी ,सर्वाधिक गोल कर्ता ,उत्कृष्ट गोल रक्षक लाई पनि पुरुस्कारको ब्यबस्ता गरिएको छ।

यस प्रतियोगिताका केही नियमहरु

१.सम्पूर्ण खेलाडी नेपाली नागरिक हुनु पर्ने। २.रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने। ३.खेलाडी नाम लिस्ट भन्दा बाहीरको ब्यक्ति खेल्न नपाईने।

४. २ऐल्लो वा रेड कार्ड पाएका खेलाडी त्यस पछिको एक खेल प्रतिबन्धित हुने। ५.३वर्ष क्रमश एकै टिम प्रथम भएमा रनिन्ग शिल र थप नगद ५मान ऐन प्रदान गरिने।

६.खेल्ने क्रममा खेलाडीलाई ठुलो घाउ चोट लागेको खण्डमा घाउ चोटको प्रकार हेरी आयोजक कमिटिलाई उचित लागेमा ५मान सम्म उपचार ख़र्च सहयोग गर्ने।

७.खेल मैदानमा अभद्र बेबाहार गर्ने कुनै पनि खेलाडीलाई आयोजक कमिटिले प्रतियोगिताबाट निलम्बितका साथै आवाश्यक परेको खण्डमा ३बर्ष सम्म यस “तमु धीं जापान कप”बाट नै निलम्बित गरिने छ।

८. बराबरीको सन्धर्भमा ८.१. गुरुप लिगमा पोईन्ट बराबर भएमा टस मार्फ़त पहिलो दोस्रो छुटाईने छ।

८.२ क्वार्टर र सेमि फ़ाइनलमा बराबरमा टुन्गिन गएको खण्डमा ५पेनाल्टी सुट आउट गरिनेछ र फेरी पनि बराबर भएमा टस मार्फ़त हार जीत छुटाईने छ। ८.३.फाईनल खेल समय आवदी भर बराबरमा टुन्गिन गए थप १०मिनेट खेलाईने छ।

थप समयबाट पनि निर्णय नभएको खण्डमा ५पेनाल्टी सुट आउट मार्फ़त हार जीत छुटाईनेछ।

९.प्रोटेष्टको सन्धर्भमा ९.१. प्रोटेष्ट कर्ता वा टिमले आयोजकलाई खेल सकिएको ५मिनेट भित्र १मान ऐन र निबेदन पेश गरिसकेको हुनु पर्ने।

९.२. प्रोटेष्ट सफल भएको खण्डमा प्रोटेष्ट कर्ता वा टिमलाई ५हजार ऐन फिर्ताका साथै प्रोटेष्टलाई कार्यनयण गरिने।

 

सम्पर्क सौगात गुरुन्ग ०९०-९८४१-९६९७

रमेश गुरुन्ग ०८०-३५८५-०१०९

लील गुरुन्ग ‘नमस्ते’ ०९०-६०१८-१०३६