टोकियो
तमूधी जापानको आयोजनामा जापानको राजधानी टोकियोमा २५ औ रोधीं सांझ सम्पन्न भएको छ ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न रोधी सांझलाई सम्बोधन गर्दै जापान जस्तो ब्यस्त समयमा पनि तमूधी जापानले भब्य रोधीं सांझ सम्पन्न गर्नु गौरवको विषय भएको बताउनु भयो उहाले तमू जातिको भाषा,सस्कृती टोकियो जस्तो संसार कै ठुलो मध्यको शहरमा देखाउन सक्नु ठुलो उपलब्धी भएको बताउनु भयो ।
तमूधी जापानका अध्यक्ष रमेश कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमू जातिको सालैजो, घाटु एवं गुरुङ सस्कृतीमा आधारित सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ आईसिसि पदाधिकारीहरु एनआएन जापानका अध्यक्ष नविन न्यूउरे सहित पदाधिकारीहरु जनजाति महासंघ जापानका अध्यक्ष सुकमान तामाङ सहित पदाधिकारीहरु जापानमा क्रियासिल संघ सस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
तमूधी जापानको वार्षिक कार्यक्रम अन्तरगतको रोधी सांझ आयोजना गरेको २५ औ पटक भएको भन्दै आयोजकले २५ औ रजत मनाईएको हो ।



