Members Zone
News

तमुधीं जापानले टोकियोमा आयोजना गरेको रोधीं सांझबाट बचतगरी पोखरामा निर्माण हुने बुद्ध मण्डलालाई ६ लाख नगद हस्तान्तरण

Published on November 11, 2022 under News
तमुधीं जापानले टोकियोमा आयोजना गरेको रोधीं सांझबाट बचतगरी पोखरामा निर्माण हुने बुद्ध मण्डलालाई ६ लाख नगद हस्तान्तरण

टोकियो

तमु धीं जापानले पोखरा ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्धमण्डला निर्माणमा सहयोग पुर्याउने उदेष्यले ६ लाख १ हजार १ सय रुपैया शनिबार निर्माण स्थलमा नै हस्तान्तरण गरेको छ ।

पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यको उपस्थितीमा धर्मकाया बुद्ध मण्डला तथा विकास समितिद्धारा बुद्ध मण्डला निर्माणस्थलमा आयोजित कार्यक्रममा तमु धी जापानका संरक्षक इश्वर गुरुङ,गायक राजु लामा, तमु धी जापानका पूर्व अध्यक्ष ओमप्रकाश गुरुङ, श्रीभक्त गुरुङ, श्रीजंग गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, तमुधी जापानका सहकोषध्यक्ष टम गुरुङ लगायतले सयुक्त रुपमा सहयोग रकम धर्मकाया बुद्धमण्डला निर्माण तथा विकास समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, तमु धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तमु धीं जापानले पोखरा र राष्ट्रको विकासका लागि गरेको सहयोग एवम पहलको प्रसंशा गर्नुहुदै काहुडाडामा बुद्ध मण्डला निर्माणका लागि पोखरा महानगरपालिकाको तर्फबाट आवाश्यक बजेट, योजना, आवाश्यक प्रकृयागत कार्यहरुमा पुर्ण रुपमा सघाउने बताउनुभयो। पोखरालाई पर्यटकीय शहर घोषणा हुदैछ त्यसका लागि बुद्ध मण्डला पोखरालाई चिनाउने, पर्यटकको बसाई लम्ब्याउने केन्द्रको रुपमा विकास हुने विश्वास गर्नुहुदै उहाँले सक्दो छिेटो निर्माण कार्य शुरु गरी छोटो समयमै सम्पन्न गर्ने गरी अघि बढ्ने अपेक्षा समेत गर्नुभयो।

तमु धी जापानको वार्षिक कार्यक्रम अन्र्तगत गत २१ अगष्टमा जापानमा भव्यताका साथ सम्पन्न “२४ औं रोधीं साँझ २०२२” बाट बचत रकम मध्येबाट नेपालको पर्यटन प्रवद्र्धन, सँस्कृति संरक्षण र विकासका लागि सहयोग गरिएको तमुधी जापानका अध्यक्ष रमेश कुमार गुरुङले बताउनु भयो ।

बुद्ध मण्डला निर्माण सहयोगार्थ आयोजित रोधी साँझमा मंगोलियन हर्टका गायक राजु लामाको विशेष सांगितिक प्रस्तुति गरेका थिए ।

तमु धी जापानका संरक्षक इश्वर गुरुङले बुद्ध मण्डला निर्माणमा एक इटा थप्न भने पनि सघाउन पुग्छ भन्ने उद्धेश्यका साथ रोधी साँझ भव्यताका साथ सम्पन्न गरिएको र बचत रकम सहयोग हस्तान्तरण गरिएको बताउनुभयो।

गैर आवाशिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलले मण्डला निर्माणको अभियानमा एनआरएनए जापान पनि सघाउन तयार रहेको बताउनुहुदै परियोजनाले छिट्टै पुर्णता प्राप्त गरी जापानिज पर्यटक भित्राउन पाउने आशा व्यक्त गर्नुभयो।

पोखरा महानगरपालिका वडा नं.११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले बुद्ध मण्डला निर्माणका लागि वडा, महानगरपालिका सहयोग गर्न तयार रहेको बताउनुहुदै तमु धी जापानले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

तमु धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धी जापान एवम सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै बुद्ध मण्डला निर्माणका लागि आगामी दिनमा चर्चित गायक राजु लामा, राजेश पायल राई लगायतका गायकहरु सहितको भव्य सांगितिक कार्यक्रम गरी बुद्ध मण्डला निर्माणको अभियानलाई सहयोग र प्रचार गर्ने इच्छा रहेको बताउनुभयो। उहाँले तमु धी जापानले विदेशी भुमिमा रहेर बुद्ध मण्डला निर्माणार्थ उदाहरणी अभियानको थालनी गरी सहयोग गरेकोमा आभार समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा तमु धी जापानको सम्पुर्ण टिमलाई धर्मकाया बुद्ध मण्डला तथा विकास समिति, तमु धी नेपाल, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले गुरुङ सस्कृती अनुसार स्वागत तथा सम्मान गरेको थियो।

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी मैना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मण्डला निर्माणको ऐतिहासिकता, उद्धेश्य, भइरहेको गतिविधी र योजनाबारे उपाध्यक्ष राजबहादुर गुरुङले प्रष्ट पार्नुभएको थियो भने अर्का उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामा ह्योल्मोले कार्यक्रम संचालन गर्नुभएको थियो।

Video:
https://www.facebook.com/TamuMaiTaa/videos/882384896082343/?extid=CL-UNK-UNK-UNK-IOS_GK0T-GK1C&mibextid=2Rb1fB&ref=sharing