दोस्रो तमुधी जापान रनिङ कप २०१७को टाइसिट सार्बजनिक, पत्रकार घले सम्मानित
स्वास्थ राष्ट्र र मेलमिलापको लागि खेलकुद भन्ने नाराका साथ तमुधी जापानले गर्दै आएको “दोस्रो तमुधी जापान रनिङ कप २०१७” को सम्पूर्ण टिम घोषणा गरिएको छ । यही मे २१ हुन गैरहेको सो कपको टाइसिट सम्पूर्ण खेलाडीहरुको उपस्थितिमा सार्बजनिक गरिएको हो |
यस बर्ष तमुधी जापान रनिङ कप २०१७ मा जापानमा कृयाशिल २२ वटा ग्रुपले भाग लिने आयोजकले जानकारी दिएका दिएको छ | कार्यक्रममा सम्पूर्ण खेलाडीहरुका साथै कपको प्रदर्शन गरिएको थियो भने सो कार्यक्रमको सभापतित्व तमुधी जापानका अध्यक्ष श्री गुरुङले गरेका थिए त्यस्तै गैरआवाशीय नेपाली संघ केन्द्रिय सदस्य तथा तमुधी जापानका संरक्षक ओम गुरुङ, सौगात गुरुङ ,अनिता गुरुङ नेपाल पत्रकार महसंघ जापानका अध्यक्ष मोहन घले लगायतले बोलेका थिए ।
यस्तो छ टिम

कार्यक्रममा बोल्दै तमुधिका अध्यक्ष श्री गुरुङले खेलाडीहरुले अझै पनि राज्य बाट सम्मान पाउन नसकेको भन्दै यस बारेमा पत्रकारहरुले राज्यलाई सचेत गराउनु पर्ने बताए, त्यस्तै जापानमा हरेक बर्ष खेलकुदका कार्यक्रम बढेको भन्दै ओम गुरुङले खुसि ब्यक्त गरे |
प्रथम बिजेताले हुने टिमले बाइस मानका साथै शिल्ड प्राप्त गर्ने छन | ओकुबु स्थित नेपाल सान्स्कृतिक प्रतिस्ठान जापानको हलमा सम्पन्न कार्यक्रममा मे २१ हुन गैरहेको सो कप लाई भब्यताका साथ सफल बनाउन तमुधीले जापानबासी नेपाली लाई आह्वान गरेको छ ।
पत्रकार घले सम्मानित
नेपाल पत्रकार महसंघ जापानका नब निर्वाचित अध्यक्ष मोहन घलेलाई तमुधी जापानले सम्मान गरेको छ । सम्मानित हुँदै अध्यक्ष घलेले जापानमा क्रियाशील संचारमाध्यमहरुले अबका दिनमा खेल्कुद गतिबिधि लाई प्राथमिकतामा राख्ने बताउदै जापानमा खेल्कुद गतिबिधी बढ्नु सकरात्मक पक्ष भएको जानकारी दिए ।
तस्बिर तथा समाचार स्राेत : कृष्ण अधिकारी/नेपाल जापान डट कम



