Members Zone
News

तमु धीं जापानको आयोजनामा २७ औं तो~ ल्हो (तमु ल्होसार) विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न

Published on April 15, 2022 under News
तमु धीं जापानको आयोजनामा २७ औं तो~ ल्हो (तमु ल्होसार) विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न

Original Post:

Republic Dainik | Popular Online Digital News from Nepal

टोकियो स्थित कामताको चौतारो नेपालि रेस्टुरेन्टमा  विविध साँस्कृतिक कार्यक्रम सहित तमु धीं  जापानले  भब्य रुपमा आफ्नो मौलिक पर्ब  २७  औं तो~ ल्हो (तमु ल्होसार )  सम्पन्न गरेको हो।

बिदेशी भूमिमा रहेर पनि तमु धिं जापनाले हरेक वर्ष आफ्नो मौलिक पर्ब  रोधी, ल्होसार जस्ता महत्वपूर्ण  पर्बहरु मनाउदै  आइरहेको छ । जसले जापानमा विभिन्न पेशा, ब्यबसाय गरेर बसेका गुरुङ् समुदाय बिच भाइचारा, आत्मीयता प्रगाढ बनाउनुका साथै छरिएर रहेका तमुलाई संगठित गर्ने र आफ्नो पहिचान, कला, सस्कृत, भेष भुषा आदिको संरक्षण समेत गर्दै आइरहेको छ ।

सभापति तथा तमु धीं जापानका अध्यक्ष सौगात गुरुङ,प्रमुख  अतिथि श्री गुरुङ्ग, बिशेष अतिथि NRNA जापानका अध्यक्ष शिब पौड्याल, नेपाल आदिबासी जनजाति महासंघ जापानका  अध्यक्ष सन्जिब राइ, NBA जापानका बरिष्ठ उपाध्यक्ष दधिवाल खड्का, तमु धीं जापानका संरक्षक  ओम गुरुङ्ग लागाएतले  पानसमा बत्ति बालेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

तमुहरुको राष्ट्रिय गीतबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रमको संचालक तमु धीं जापानका महासचिब चित्र तमुले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य शोम माया गुरुङ र शुभकामना मन्तब्य अमर तमुले राख्नु भएको थियो ।  कार्यक्रममा जापानमा अस्थित्वमा रहेका विभिन्न जातिय संस्थाहरुको प्रतिनिधि, राजनैतिक दलका प्रबाश संगठनका प्रमुखहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, रिपब्लिक दैनिक का प्रमेश तमु  लगाएतको  समेत उपस्थिति रहेको थियो । जन प्रगतिशील मञ्च जापान, प्रबाशी संगठन जापान, नेपाल मगर संघ जापान, NRNA जापान किरात याक्थुङ्ग चुम्लुङ्ग जापान, म्याग्दी समाज जापान लगायतका प्रतिनिधिहरु साथै कार्यक्रमका प्रमुख अतिथि श्री गुरुङ, ओम गुरुङ्ग लगाएतकाले  शुभकामना मन्तब्य राख्नु भएको थियो ।

साँस्कृतिक कार्यक्रमको संचालन अमर तमु र अरमान तमुले गर्नु भएको थियो ।  कलाकार खुसि तमु, अरमान तमुले  नृत्य प्रस्तुत गरेर भरपुर मनोरंजन दिनु भएको थियो । नेपालबाट जापान आएको प्रथम गुरुङले ‘डाडा घरे साइली’   गाय क रुपेश तमुले सालैज्यु, भेडी गोठ, लगाएतका गित गाएर उपस्थितीहरुलाई भरपुर मनोरंजन दिलाएका  थिए ।  भ्वाइस अफ नेपाल ब्याटल राउण्ड सम्म पुग्न सफल गाएक काले भाइले ‘माया पिरती” लगाएतका गीतले माहोल तताएका थिए । गाएक अमर तमुले गित गाउदा हल गुञ्जायमान बनेको थियो भने गुरुङ्ग भेषभुषामा रंगी चंगी सजिएका तमु तथा उपस्थिहरु नाचेर रमाएका देखिन्थे । कार्यक्रमलाइ भरपुर मनोरंजन दिन सफल कलाकारद्वय, अरमान गुरुङ, अमर गुरुङ, रुपेश गुरुङ्ग, काले भाइ आदिले दर्शकहरु सबैको वाहा !  वाहा पाएका थिए भने उपस्थित  शुभचिन्तक, आफन्तहरुको अपार हौसल्ला पाएका थिए । कार्यक्रममा कलाकारहरु खुसी गुरुङ्ग,अरमान गुरुङ्ग, लगाएताका कलाहरहरुको नृत्य प्रस्तुति उत्कृष्ट रहेको थियो ।कलाकारहरुको मनमोहक नृत्य र गायक गायीकाहरुको बेजोड प्रस्तुतिमा जापानबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए।

विभिन्न सांस्कृत कार्यक्रमको बाबजुद नया साल तो~ल्हो को स्वागत र गाइ बर्गको बिदाइ गर्नुका साथै ल्हो फेरिनेहरुलाई समेत सम्मान गरिएको थियो । भने तमु धिं जापानको नयाँ कार्य समिति साथै समाजमा हालसालै नयाँ आजिबन सदस्यता ग्रहण गरेका सदस्यहरुलाई प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज  बितरण गरिएको थियो। कोभिड १९ का कारण बिगत भन्दा फरक तर उत्कृष्ट र भब्य कार्यक्रम गरेको तमु धीं जापानले अन्तमा सम्पूर्ण उपस्थिति जनहरुलाई मिठो भोजन र भरपुर मनोरंजन सहित बिदाइ गरेका थिए ।