Members Zone
News

सहयोगको लागि तमु धीं जापानको अपिल

Published on November 18, 2016 under News
सहयोगको लागि तमु धीं जापानको अपिल

आदरणीय जापानबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु साथै विभिन्न संघ-संस्थाका पदाधिकारी ज्यूहरुमा हार्दिक नमस्कार,

जापानमा नेपालीहरुको बढ्दो चाप संगै दुर्घटनाहरु पनि उतिकै बढ्दोछ यसै क्रममा १८ महिना अगाडि धादिंग जिल्ला खाल्टे ८ घर भई हाल जापानको क्युस्युस्थित भाषा स्कुलमा अध्यन गरिरहेकी टिना गुरुङ ११ सेप्टेम्बर राती आफ्नै कोठाको बरन्डामा झुण्डिएर आत्महत्या गरेको खबरले तमु धिं जापान परिवार दुखित भएको र स्वर्गीय टिना गुरुङको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दछौं ।

साथै, मृतक गुरुङको बुबाबाट तमु धीं जापानलाई आएको निवेदन अनुसार आफ्नो छोरीको शवलाई नेपाल पठाई दिनु हुन जापानबासी नेपाली साथै सम्पूर्ण संघ-संस्थाहरुलाई सम्बोधन गरिएको छ ।मृतक गुरुङका बुबा मन भरी पीडा छ अनि रोइरोई थाकेको शरीरले आफ्नो छोरीको शव नेपालमा पठाई दिन जापानबासी नेपालीहरुमा सहयोगको ठूलो अपेक्षा उक्त निवेदनमा लेखिएको छ।

स्वर्गीय टिना गुरुङको शवलाई नेपाल पठाउन केही आर्थिक अभाव भएको कारणबाट सम्पूर्ण जापानबासी महानुभावहरु साथै विभिन्न संघ-संस्थाहरुलाई आर्थिक सहयोगको लागि तमू धीं जापान परिवार हार्दिक अनुरोध गर्दछौं ।