Members Zone
News

तमु धीं जापानले मनायो २८ औं तमु ल्होसार तथा सांस्कृतिक साँझ

Published on January 19, 2023 under News
तमु धीं जापानले मनायो २८ औं तमु ल्होसार तथा सांस्कृतिक साँझ

टोकियो :  बाघ  बर्गको विदाइ र बिरालो बर्गको स्वागत गर्दै  तमु धीं जापानले  २८  औं (तो ल्हो ) तमु ल्होसार सांस्कृतिक साँझ मनाएको छ ।

टोकियो स्थित कामताको इकेगामी हलमा तमु संस्कृति झल्कने  विविध साँस्कृतिक कार्यक्रम सहित तमु धीं  जापानले  २८ औं   तमु ल्होसार मनाएको हो।

सभापति तथा तमु धीं जापानका अध्यक्ष रमेस कुमार तमु,  प्रमुख अतिथी जापानका लागी नेपालि राजदुत  दुर्गा बहादुर  सुबेदी, बिशेष अतिथि  NRNA ICC का  उप – महासचिब ओम गुरुङ्, तमु धिं जापानका सल्लाहकार तथा कार्यक्रम संयोजक हिमाली गुरूङकी ममतामयी आमा (८२ बर्षिय)  फुल कुमारी गुरुङ, NRNA  जापानका अध्यक्ष शिब हरि पौडेल, आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राइ लगाएतले  पानसमा बत्ति बालेर सयुक्त रुपमा उक्त ल्होसार कार्यक्रमको  समुद्घाटन गरेको थियो ।

गुरुङ जाति र ल्होसारको औचित्यमाथि तमु धीं जापानका उपाध्यक्ष चित्र तमुले प्रस्ट पर्नु भएको थियो भने  स्वागत मन्तब्य कार्यक्रमका संयोजक  शोम माया गुरुङले राख्नु भएको थियो । यसैगरी  शुभकामना मन्तब्य जापानका लागी नेपालि राजदुत  दुर्गा बहादुर  सुबेदी, NRNA ICC का  उप – महासचिब ओम गुरुङ्ग, NRNA  जनापनका अध्यक्ष शिब हरि पौडेल, आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राइ, शेर्पा संघ अध्यक्ष पासांङ्ग शेर्पा  लगाएतकाले दिनु भएको थियो ।भने औपचारिक  कार्यक्रमको संचालक संस्थाका महासचिब खेम गुरुङ्गले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पुरा भएसंगै दोस्रो साँस्कृतिक कार्यक्रममा प्रवेश गरेको उक्त ल्होसार कार्यक्रममा तमु कलाकारहरु,प्रिती गुरुङ् खुसी  गुरुङ् आइशा गुरुङ, पुष्पा  गुरुंङ केवल गुरुङ प्रदिप गुरुङ र सागर मगरको उत्कृष्ट नित्य प्रस्तुत गरेको थियो  । कार्यक्रममा लोक गाएक रुपेश गुरुङ, प्रकाश कोने गुरुङ्ग र अमर तमुले पनि आफ्नो चर्चित गित गाएर उपस्थितहरुलाई मनोरंजन दिलाएका थिए । 

योसंगै नेपालबाट आमंत्रिक अथिति लोक तथा कौडा गाएक दुर्गा गुरुङ्गले करिब आधा दर्जन जति गित गाएर टोकियोको जाडो मौसमलाई गर्माएका  थिए भने उपस्थित सबैलाइ नचाएका थिए । भने  प्रथम वाई वाई स्टार बिजेता गायिका एलिना गुरुंङ्गले पनि करिब आधा दर्जन जति गित गाएर दर्सकलाई नचाएका थिए ।

विभिन्न ठाउ गाउँ  र परिवेश निकट रहेर एककृत र संगठित  भएको तमुहरुको  आ-आफ्नै किसिमको मौलिक नृत्य हेर्न लाएक थियो । जसले तमुहरुमा भएको  बिबिधतामा एकताको भाब झाल्काउथ्यो । यस्तै एउटा मौलिक नृत्य थियो “दुध पोखरी  समाजको’ । जुन नृत्य  कार्यक्रमको एउटा अकर्शणको केन्द्र बनेको थियो  ।

अन्त्यमा तमु धी जापानले प्रमुख अतिथि , आमंत्रित कलाकारहरु, प्रमुख तथा बिशिष्ट व्यक्तित्वहरु, धिं मा आजिबन आबद्ध हुने सदस्यहरु सबैलाई सम्मान गरेको थियो भने कार्यक्रमको उताराधर्मा मिठो खाजा खुवाएर अतिथिहरुलाई बिदा गरेको थियो । सास्कृतिक कार्यक्रमको  संचालक संस्थाका सल्लाहकार  युक्तमान तमु, चिर परिचित कलाकार अरमान तमु र प्रिती तमुस्योले सयुक्त रुपमा गर्नु भएको थियो ।