Members Zone
News

मंगोलियन हर्टका राजु लामा जापानमा: संसारको टप ३८ औं क्लवमा भव्य कार्यक्रम हुने

Published on September 1, 2022 under News
मंगोलियन हर्टका राजु लामा जापानमा: संसारको टप ३८ औं क्लवमा भव्य कार्यक्रम हुने

तमु धी जापानको आयोजनामा हुन गईरहेको २४ औं “रोधी साँझ २०२२” मा आफ्नो बेजोड़ प्रस्तुति दिन आउनु भएको मंगोलियन हर्ट ब्याण्डका भोकलिस्ट एवं सगरमाथा आरोही “राजु लामा” लाई आज टोकियो स्थित नारीता बिमान स्थलमा भब्य स्बागत गरिएको छ ।

तमुधीं जापानले आयोजना गर्ने यस कार्यक्रममा नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरूगंले कार्यक्रम संन्चालन गर्नेछन् भने साथमा स्थानीयहरू कलाकारहरू र मर्करी ब्याडको बिषेस र आकर्षक प्रस्तुति रहने तमुधीं जापानका अध्यक्ष रमेश कुमार गुरूगले जानकारी गराउनुभयो ।

संसारको टप ३८ औं श्रेणीमा पर्ने सिन्जुकु स्थित पुरानो खाल्टो हाल WRAP CLUB सिन्जुकुमा नेपालका ख्याति प्राप्त केही कलाकारहरूले पनि यहाँ प्रस्तुति दिई सकेका छन् ।

लाईभ गित संगित र तमुहरुको बेजोड नृत्य प्रस्तुति रहने उक्त ऐतिहाासिक कार्यक्रमबाट उठेको रकम गण्डकी प्रदेश पोखरा महानगरपालिका ११ काहुँमा निर्माणाधीन “धर्मकाया बुद्ध मण्डला” निर्माणको लागि सहयोग गरिने जनाईएको छ ।

यहि अगस्त २१ तारिख आईतबारको दिन साँझ ४ बजे बाट कार्यक्रम सुरूहुने जनाईएको छ । कार्यक्रमको टिकट अग्रिम खरिद गरि आफ्नो सिट सुरक्षित र उपस्थितिको लागी तमुधीं जापानले सबै लाई सादर अनुरोध समेत गरेको छ भने टिकट निम्न स्थानमा पाईन्छ भनेर बिक्री केन्द्र समेत तोकेको छ ।

टिकट पाईने स्थानहरु
१.सिसा लाऊन्ज एण्ड डाईनिन्ग बार, ओकुबो
२.रातो माटो नेपाली नेवारी भान्छा,ओकुबो
३.मामा घर ऐसिएन डाईनिन्ग बार ,कावासाकी

 

 

From: US Khabar