२१ अाैं राेधी साँझ भव्यताका साथ सम्पन्न
तमुधीं जापानकाे अायाेजनामा १५ अगस्त २०१७ काे २१ अाैं राेधी साँझ भव्यताका साथ सम्पन्न भएकाे छ । टाेकियाेकाे सिनअाेकुवाेस्थित जापान सांस्कृतिक प्रतिष्ठानकाे हल (गीतगजल रेष्टुरेन्ट) मा सम्पन्न भएकाे हाे । विभिन्न पेशा तथा व्यवसायले जापानमा अाइ बसाेबास गरेका तमुहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । तमुधीं जापानले विदेशी भूमिमा पनि अाफ्नाे संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले निरन्तर राेधी साँझकाे अायाेजना गरिंदै अाइरहेकाे छ ।
नेपालबाट ख्यातिप्राप्त कलाकारहरू निमन्त्रणा गरी कार्यक्रम गर्ने याेजना भए पनि विविध कारणले गर्दा स्थानीय कलाकारहरूबीच नै राेधी साँझ सम्पन्न गरिएकाे हाे । ***



