Members Zone
News

तमु धीँ जापानको २४ औं रोधीं साँझको तयारी पूरा, राजु लामाले टोक्यो तताउने

Published on September 1, 2022 under News
तमु धीँ जापानको २४ औं रोधीं साँझको तयारी पूरा, राजु लामाले टोक्यो तताउने

टोकियो । तमु धीं जापानको आयोजनामा २४ औं रोधीं साँझको तयारी पूरा भएको छ । बुधबार जापान आईपुगेका मंगोलियन हर्टका चर्चित पप गायक राजु लामालाई टोक्योस्थित रातोमाटो रेष्टुरेण्टमा स्वागत तथा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी गराएको छ ।

अगष्ट २१ तारिक आईतबार टोकियोको सिन्जुकुमा हुने रोधी साँझको तयारी पूरा भएको संयोजक चित्र गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यही अगस्ट २१ तारिख हुन गइरहेको २४ औ रोधी साँझ २०२२ कार्यक्रमबारे जापानबासी नेपालीहरुलाइ जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिरहेको आयोजक संस्था तमु धीका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।

स्थापना भएको करिव ३ दशकमा पाइला टेक्न लागेको गुरुङ जातिहरुको साझा संस्था तमु धी जापानले लामो समयको कोरोना कहरपछि सांस्कृतिक पर्व रोधी साँझ २०२२ आयोजना गर्ने लागिरहेको छ ।
कार्यक्रममा नेपाली पप गीतका चर्चित गायक एवं मंगोलियन हर्टका गायक राजु लामाको विशेष प्रस्तुतिसँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” को पनि प्रस्तुति रहने भएको छ ।

रोधीं साँझको आम्दानीबाट बचेको रकम गण्डकी प्रदेश पोखरा महानगरपालिका ९११ काँहुमा निर्माणाधीन धर्मकाया बुद्द मण्डला पोखरालाई सहयोग गरिने संस्थाका संरक्षक अमृत गुरुङले जानकारी दिनुभयो ।

 

From :https://matrisandesh.com