Members Zone
News

तमु धीं जापानको २४ औं रोधीं साँझमा मंगोलियन हर्टका राजु लामाको लाएभ कन्सर्ट, देखियो यस्तो क्रेज ।

Published on September 1, 2022 under News
तमु धीं जापानको २४ औं रोधीं साँझमा मंगोलियन हर्टका राजु लामाको लाएभ कन्सर्ट, देखियो यस्तो क्रेज ।

टोक्यो: तमु धीं जापानको २४ औं रोधी सांस्कृतिक साँझ भब्य रुपमा सम्पन भएको  छ ।

आइतबार टोकियोको  सिन्ज्युकु स्थित वार्प क्लबमा   मंगोलियन हर्टका चर्चित गाएक  राजु लामाको साथमा लाएभ कन्सर्ट तथा तमु  सांस्कृती झल्कने बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गरि तमु धीं  जापानले  2४ औं रोधी सांस्कृतिक साँझ भब्य रुपमा  सम्पन्न गरेको  हो  ।

बिदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृतिको  संरक्षण र सम्बर्द्धन गर्दै आइरहेको तमु धीं जापानले हरेक वर्ष रोधीं र ल्होसार जस्ता महत्वपुर्ण साँस्कृतिक  पर्ब विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आइरहेको छ । कोभिडका कारण केहि बर्ष देखि रोकिदै आएको रोधीं यसपाली भने  मंगोलियन हर्टका चर्चित गाएक राजु लामाको साथमा मनाए  ।

तमु धीं जापानको महासचिव खेम तमु र  अमर तमुले सयुक्त रुपमा संचालन  गर्नु भएको उक्त कार्यक्रम, तमु राष्ट्रिय गीतसंगै  त्हल्दुँझ्याँलीङ्हा बजाएर सुरु भएको थियो । कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष रमेश कुमार गुरुङ्गले गर्नु भएको थियो भने  प्रमुख अतिथी नेपालि राजदुत डादुर्गा बहादुर सुवेदी, NRNA ICC  उप-महासचिव अजिव तमु,NRNA अध्यक्ष, शिव प्रसाद पौडेल, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष  संजिव राई  र NBA JAPAN का अध्यक्ष  विजय थकाली रहनु भएको  थियो । भने सम्पूर्ण कार्यक्रमको संयोजन  चित्र तमुले गर्नु  भएको थियो ।

अतिती, प्रमुख अतिहरुबाट सयुक्त रुपमा समुद्घाटन  गरि तमु राष्ट्रिय गान र नेपाली राष्ट्रिय गीतबाट सुरु भएको  कार्यक्रमको  शुभकामना मन्तब्य अतिथी नेपालि राजदुत डादुर्गा बहादुर सुवेदी, आदिबासी जनजाति महासंघका अध्यक्ष सन्जिब चाम्लिङ्ग र NRNA जापानका अध्यक्ष शिव प्रसाद पौडेल,NRNA ICC  उप-महासचिव अजिव तमु,NRNA अध्यक्ष, शिव प्रसाद पौडेल, NBA JAPAN का अध्यक्ष  विजय थकालीले दिनु भएको थियो । कार्यक्रमको उत्तरार्धमा सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद सहित सम्मान, मर्करी व्याणडलाई मायाको चिनो प्रदान  सम्मान गरिएको थियो । साथै  आमन्त्रित  चर्चित गाएक राजु लामालाई बिशेष अतिथीको हातबाट  सम्मान र अर्यक्रमलाइ  सहयोग गर्ने सहयोगी  दाताहरुलाई  सम्मान गर्दै  औपचारिक कार्यक्रम पुरा भएको थियो ।

योसंगै दोस्रो चरणमा प्रवेश गरेको सांस्कृतिक  कार्यक्रमको संचालक संस्थाका सल्लाहकार  युक्तमान तमु र मिस नेपाल जापान २०१८ का बिजेता समेत रहनु भएकी अनन्या र नमस्ते  ब्याण्डका संस्थापक  तथा  भोकलिस्ट  ईश्वर तमुले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा कलाकारद्वय प्रिती गुरुङ् खुसी  गुरुङ् आइशा गुरुङ, पुष्पा  गुरुंङ केवल गुरुङ प्रदिप गुरुङ र सागर मगरको उत्कृष्ट  घाँटु नृत्य, र झ्याउरे  नृत्य प्रस्तुत  गरेको थियो । 

यससंगै कार्यक्रममा मर्करी ब्यान्डका तर्फबाट भोकलिष्ट कुमार गुरूङले खुसीहरू फुल्न छाडेमाया बिरानो भोलेकालीकेको साचो डल्ली रेशम” जस्ता करिब आधा दर्जन जती बहु चर्चित गित गाएर दर्शकहरूलाइ भरपुर मनोरञ्जन दिलाएका थिए । गाएक कुमार गरुङ भ्वाइस अफ नेपाल सिजन दुइका प्रस्तिस्पर्दी समेत हुन् ।

यस्तै राजु लामाको “मेरो नेपाल  गितबाट भएको इन्ट्रिले माहोल झनै गर्माएको थियो । गडगढाहट ताली र होहल्लाको बिचबाट राष्ट्रिय झण्डासहित स्टेजमा प्रबेस गरेका गायक लामालेजुन झै मुहारतिमीलाइ देखेरहल्ला चलेछबादल पारीको देशबाट,मेरो नेपाल,  हुदै सायद तिम्रो बाटो सम्म आउदा दर्शहरुले भरपुर मनोरज्नन लिएका थिए । कोभिड पछिको सायदै पहिलो लएभ कन्सर्ट भएर हुनसक्छ दर्शहरु गर्मि र कोभिडको समेत कुनै प्रबाह नगरी खुलेर रमिरहेका देखिन्थे । दसकौ देखि निरन्तर एउटै उर्जा र दर्शहरुको क्रेजमा टिकिरहने मधुर  मुस्कानमा  जादु भएको गाएक लामाले टोकियोमा फेरी पनि  नया पुस्ताका आफ्ना फ्यानहरुलाई बर्षौ वर्षा सम्म नमेटिने अटुट सम्झनाका छापहरु छोड्न सफल भए ।

From : Republic Dainik | Popular Online Digital News from Nepal