Members Zone
News

तमु धीं जापानले सम्पन गरेको २५ औं रोधीं साँझ २०२३ बाट संकलन गरेको रकम तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित जेहेन्दार विध्यार्थी क्षात्रवृत्ति कोषलाई

Published on November 21, 2023 under News
तमु धीं जापानले सम्पन गरेको २५ औं रोधीं साँझ २०२३ बाट संकलन गरेको रकम तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित जेहेन्दार विध्यार्थी क्षात्रवृत्ति कोषलाई
तमु धीं जापानले अगष्ट १३ मा सम्पन गरेको २५ औं रोधीं साँझ २०२३ बाट संकलन गरेको रकम तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित जेहेन्दार विध्यार्थी क्षात्रवृत्ति कोषलाई रु २५०,०००/- र तमु सञ्चारकर्मी संघ नेपालद्वारा संचालित गुरुङ न्युज डटकम संचालनका लागि रु ५०,०००/- रकम हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रम तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमु पूर्वअध्यक्ष तथा संरक्षक श्री गुरुङ, संरक्षक इश्वर गुरुङ, सल्लाहकार अमृत प्रसाद गुरुङ, मनोज घले, मोहन घले, संस्थाका मानार्थ सदस्य बिजेश थकाली, एनआरएन आईसीसीका उपाध्यक्ष तथा धींका मानार्थ सदस्य रबिन शेरचन र माइकल गौचन ज्यूले तमू (गुरुङ) सञ्चारकर्मी संघका पूर्वअध्यक्ष तथा गुरुङन्यूज डटकमका संरक्षक–संयोजक डण्ड गुरुङ ज्यूलाई गर्नु भएको छ ।
हामी फेरि पनि, तमु धीं जापानका कार्यक्रम सफल बनाउनु हुने सम्पुर्ण धींका सदस्य, शुभचिन्तक, धींलाई माया गरेर आर्थिक सहयोग गर्नुहुने सहयोगी हातहरु प्रति कृतज्ञ छौं । यहाँहरुले धीं प्रति देखाउनु भएको साथ, सहयोग र मायाले गर्दा हामीलाई सामाजिक कार्यमा अझै अघि बढ्ने उर्जा मिलेको छ ।
धन्यवाद !
रमेश कुमार गुरुङ  ( अध्यक्ष  )                        खेम गुरुङ  ( महासचिव )
तथा तमु धीं जापान परिवार ।