२० अाैं रोधीं साँझ सम्पन्न
टोक्यो जापान-५ मे २०१५ जापनमा बसोबास तमूहरुले बार्षिकरुपमा तमूहरुको मौलिक भाषा-कला संस्कार सस्कृति जोगाई राख्न वार्षिक रोधीं साँझ कार्यक्रम गर्दै स्वदेशी तथा बिदेशीहरुको अगाडि अाफूसँग भए-सक्दो सानो थोरै भएपनि आफ्नो चिनारी प्रस्तुत गर्ने ।
यो पराई भूमिमा स्वदेशी (नेपाली) आफन्त इस्टमित्र भेट-घाट सुख-दुःख सटासाट गर्ने जस्ता कार्यक्रम हुने सबैमा जानकारी छदै थियो तर यसपाली तमू धीं जापान १९ सौं बसन्त पारगरी २०सौं बर्ष प्रबेशको सु-अवसरमा तमू धीं जापानले २० सौं वार्षिकोत्सव (20th Anniversary) तथा नेपथ्य LIVE IN TOKYO कार्यक्रम गर्दै थियो, क्रमशः तयारी अन्तिम हुँदै गर्दा ८२ बर्ष पछि १२ वैशाख २०७२ नेपालमा प्रकृति विनासकारी माहाभूकम्पले सम्पूर्ण नेपाललाई क्षतविक्षत बनाइदियो ।
नेपाल बाट बोलाइएको कलाकार (नेपथ्य ब्याण्ड) आहिले विश्व संगीतयात्राको यात्राको क्रममा राष्ट्र शोकमा डुब्यो तर पनि राष्ट्र शोकमा डुबेको बेला आफ्नो गन्तब्य निरन्तर संगै आफ्नो बहुचर्चित मनोरंजनका गीतहरु नगाउने सार्बजनिक गरिदियो तरपनि जापनमा नेपाली हरुको बाक्लो उपस्थिति संगै शान्त, सभ्य र भव्य बाताबरणमा कार्यक्रम सम्पन्न भयो ।***



