टोकियो
नेपालको विभिन्न क्षेत्रमा लगानी गरी सफलता प्राप्त गरेका सफल व्यवसायी कालु गुरुङलाई टोकियोमा तमुधीं जापानले सम्मान गरेको छ ।
व्यवसायिक शिलशिलामा जापान भ्रमणमा रहेका कालु गुरुङ सहितका व्यवसायीहरुलाई तमुधीं जापानले शुक्रबार एक कार्यक्रमगरी सम्मान गरेको तमुधी जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।
नेपालमा हाउजिङ, जलविद्युत एवं केवलकार लगायतमा लगानी गरेका गुरुङ केबलकार लगायतका क्षेत्रमा जापानिज लगानी र जापानिज प्रविधी नेपाल भित्राउने उदेष्य राखि जापान भ्रमणमा रहेको बुझिएको छ । तमुधी जापानले आयोजना गरेको सम्मान कार्यक्रममा संरक्षक तथा गायक ईश्वर गुरुङ र श्री गुरुङ, सल्लहकार अमृत प्रसाद गुरुङ तथा जिवन गुरुङले संयुक्त रुपमा सम्मान गरेको हो । सो अवशरमा गुरुङसगै जापान आएका सिम्रिक भेन्चर कम्पनीका शान्त न्यौपाने, अन्नपूर्ण केवलकार संचालक सागर गुरूङ, र सल्लाहकार शिबहरी पुडासैनीलाई पनि सम्मान गरिएको थियो ।
तमुधी जापान गुरुङहरुको नयां बर्ष ल्होसारको तयारीमा जुटेको छ ।




