तमु धीं जापानको BBQ कार्यक्रम
तमु धीं जापान सँग जोडिनु भएका सदस्यहरु बिच आपसी भाईचारा बढाउन, पारिवारिक सामिप्यता र सुमधुर सम्वन्ध कायम राख्नको लागि यस संस्थाका संरक्षक हर्क गुरुङ, सल्लाहकार विष्ट गुरुङ, पदम गुरुङ, प्रकाश गुरुङ र थकाली सेवा समाज जापानका अध्यक्ष बुद्दि गौंचन ज्युहरुबाट सेप्टेम्वर १८, २०२२ मा आयोजित पारिवारिक निःशुल्क BBQ कार्यक्रमको एक झलक । उहाँहरु सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं । साथै कार्यक्रममा रमाईलो गरि आर्थिक संकलनमा मुख्य भुमिका खेल्नुहुने संरक्षक ईश्वर गुरुङ र पुर्व सचिव यामा शेरचन गुरुङ ज्यू प्रति पनि हामी आभारी छौं । त्यस्तै झरीको दिनमा पनि कार्यक्रमलाई सफल बनाउन सहभागिता जनाउनु भएका संरक्षक तथा सल्लाहकार ज्यूहरु, अतिथि ज्यूहरु, आजीवन सदस्य तथा साधारण सद्स्य ज्यूहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्यूहरु सम्पुर्णमा हार्दिक नमन !
यहाँहरुको साथ सहयोग सधैं मिलिरहोस् !
धन्यवाद !
अध्यक्ष रमेश कुमार गुरुङ तथा सम्पुर्ण तमु धीँ परिवार
फोटो सौजन्य : चन्द्र गुरुङ




















