Members Zone
News

तमु धींबाट मृतकको परिवारलाई आर्थिक सहयोग

Published on March 28, 2023 under News
तमु धींबाट मृतकको परिवारलाई आर्थिक सहयोग

गत महिना ०४/०२/२०२३ कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका स्थित घान्द्रुक उरी घर भै हाल जापानको साईतामा बस्दै आउनु भएका श्री हरि प्रसाद गुरुङको असामयिक निधन हुँदा हामीले जापान स्थित केहि सामाजिक संस्थाहरुको सहयोगमा आर्थिक संकलन गरेका थियौं । उक्त अभियानबाट संकलित रकम ¥ 265,000 हिजो १४/०३/२०२३ तमु धीँ जापानका पुर्व अध्यक्ष एवम् संरक्षक श्री ओम प्रसाद गुरुङ तथा वरिष्ठ कलाकार श्री माओत्से गुरुङको हातबाट मृतकका परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।
तमु धींबाट संचालित यस अभियानमा आर्थिक सहयोग गर्नु हुने जापान स्थित विभिन्न संघ संस्था तथा विशेष गरि NRNA जापानका वरिष्ठ उपाध्यक्ष श्री नविन निऊरे प्रति हामी हार्दिक कृतज्ञ छौं ।

अध्यक्ष
रमेश कुमार तमु
तथा तमु धीं जापान परिवार ।