Members Zone
News

तमु धीं जापानद्वारा आयोजित ल्होसार साँस्कृतिक साझको लागि कलाकारद्वय जापानमा

Published on January 19, 2023 under News
तमु धीं जापानद्वारा आयोजित ल्होसार साँस्कृतिक साझको लागि कलाकारद्वय जापानमा

टोकियो: तमु धीं जापानद्वारा आयोजना हुन गइरहेको ल्होसार साँस्कृतिक साझ कार्यक्रमको लागि नेपालबाट आमत्रिक गाएक दुर्गा बहादुर गुरुङ र प्रथम वाई वाई नेपाल स्टार बिजेता एलिना गुरुङ्ग जापान आइपुग्नु भएको छ ।

नेपाल बायु सेवा निगमबाट आज बिहान ९ बजे उहाहरु जापानको नारिता एयरपोर्टमा अवतरण हुनु भएको हो ।  उहाहरुलाई  तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमु, उपाध्य्क्ष तथा कार्यक्रम संयोजक  शोम माया तमुस्यो, उपाध्यक्ष चित्र गुरुङ, उपाध्यक्ष जिबन गुरुङ, सल्लाहकार अमर गुरुङ, सचिब बिनय गुरुङ, कार्यक्रम  उप-सयोजक तथा तमु धीं  जापानका सदस्य टेकन गुरुङ्ग लगाएतले भब्य स्वागत गर्नु भएको थियो ।

हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार मनाउदै आएको  तमु धीं जापानले यसपाली पनि यहि जनवरी २ तारिक इकेगामी खाईकान हलमा विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार मनाउदै छ । कार्यक्रम दिनको ठिक ३ बजेबाट शुरु भइ ८ बजे समाप्त हुने कार्यक्रम संयोजक शोम माया तमुश्योले जानकारी दिनु भयो ।