तमू धींकाे रोधी साँझमा धर्मेन्द्र सेवान र तृष्णा गुरुङले धुम मचाउने
टोकियाे-जापानमा स्थापित पुरानो संस्थाहरु मध्येको तमुधीं जापानले वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष पनि रोधी सॉझ यही अगस्ट १५ तारिक मगलबार टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा गर्ने भएका छाैं ।
गुरुङ समुदायमा रहेको संस्कृतिक पर्व रोधी सॉझको महत्वलाई जापानमा रहेका नेपाली समुदायसग साटने र जापानमा रहेका नेपाली समुदायकाबीच सदभाव विकासका लागि सधैको वर्ष झै यस बर्ष पनि रोधि सॉझ अायोजना गर्न लागिएको हो ।
यस वर्षको रोधी सॉझमा नेपाली युवाहरुको ढुकढुकी धर्मेन्द्र सेवान र तृष्णा गुरुङको सांस्कृतिक प्रस्तुत रहने भएको छ । धर्मेन्द्र सेवानले यस पटकको कार्यक्रम उनका बाबुको चर्चित गीत रेशम फिरीरी लगायतको गीतहरु प्रस्तुति गर्ने भएका छन् । सेवान पोखरेली स्रस्टा बुद्धी बहादुर परियरका छोरा हुन । तृष्णा गुरुङ भने आष्टेलियाको कार्यक्रम पछि जापान अाउँदै छिन् ।
जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरूलाइ कार्यक्रममा उपस्थितिकाे लागि कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले अनुराेध गर्नुभएकाे छ ।




