Members Zone
News

तमू धीं जापानकाे २३ अाैं ल्हाेसार जनवरी २ मा हुँदै

Published on December 2, 2017 under News
तमू धीं जापानकाे २३ अाैं ल्हाेसार जनवरी २ मा हुँदै

टोकियो-गुरूङ समुदायको महान पर्व ल्होसारको पावन अवसरमा तमु धीं जापानको अायोजनामा २३अाैं ल्होसार कार्यक्रम हुने भएको छ ।

हरेक वर्ष झैं यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमसहित जनवरी २ तारिक मंगलवार ल्होसार कार्यक्रम अायोजना गर्न लागेको हो । तमू धीं जापानले हरेक वर्ष ख्यातिप्राप्त कलाकारहरूलाइ स्टेजमा उतार्दै  धुमधामसँग ल्होसार मनाउँदै अाइरहेको छ ।

यस वर्ष पनि कामतास्थित इकेगामी हलमा २३ अाैं ल्होसार साँझ २०१८ अपरान्ह ४ बजेदेखि  हुन गइरहेको कुरा धींका अध्यक्ष श्री गुरूङले बताउनुभयो ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिलाई बचाईराख्न तमु धीं जापानले अायोजना गरेको कार्यक्रममा उपस्थित भइदिन जापानबासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूमा अनुरोध गरेको छ ।***